बादललाई साक्षी राखेर माधवसङ्ग परिणाममुखी वार्ता

बादललाई साक्षी राखेर माधवसङ्ग परिणाममुखी वार्ता 

नेकपा एमालेको खनाल-नेपाल पक्षले पार्टीलाई माओवादीसँग एकता हुनुपूर्वको अवस्थामा पुर्याएर विवाद समाधान गर्ने प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको प्रतिबद्धतामाथि शंका गरेको छ ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन अध्यक्ष ओली राजी भएको भनिएका बेला अस्ति शुक्रबार राती सिंहदरबारमा बसेको दुई पक्षको बैठकमा भर्खरै एमाले प्रवेश गरेका रामबहादुर थापा बादललाई पनि राखिएपछि खनाल-नेपाल पक्ष सशंकित भएको हो ।

हिजो खनाल-नेपाल पक्षले बोलाएको केन्द्रीय समितिको जुम मिटिङमा केन्द्रीय सदस्यहरुले बैठकमा बादलको ‘इन्ट्री’लाई सहमतिको भावना विपरित भएको निष्कर्ष निकालेका छन् । आफूलाई अप्ठेरो पर्दा सहमति गर्ने तर,सहमतिप्रति इमान्दार नहुने ओलीको पुरानै बानी हो । पार्टीलाई जेठ २ को अवस्थामा पुर्याउने भनिसकेपछि बादललाई बैठकमा राख्नु गलत हो । यसले आशंका पैदा गरेको छ,एक केन्द्रीय सदस्यले भने ।
बैठकमा नेताहरुले ओलीले धोका दिनसक्ने भन्दै बरिष्ठ नेता माधवकुमार नेपाललाई सचेत गराएका थिए । एमाले विवाद चिन्दै नचिन्ने बादललाई बैठकमा राख्नुलाई हामीले सहमतिको भावना विपरित भएकाले सचेत हुन माधव कमरेडलाई भनेका छौँ, ती नेताले भने ।

“हिजो बादललाई पनि बोलाइएको छ भन्ने थाहा थिएन । मैले उहाँलाई एमालेमा स्वागत छ भनें ।”

नेता नेपालले भने फागुन २८ मा ओलीले गरेको एकलौटी निर्णय खारेजी र पार्टीलाई जेठ २ मा फर्काउने आफूहरुको बटमलाइन भएकाले दायाँबाया नहुने भन्दै नेताहरुलाई आश्वस्त पार्नुभएको थियो । बैठकमा नेता नेपालले बादल आउने कुरा आफूलाई थाहा नभएको र एक्कासी देखेपछि एमालेमा स्वागत छु भनेको पनि जानकारी दिनुभएको थियो ।
नेपालको भनाइ उद्धृत गर्दै उनले भने, जेठ २ हाम्रो बटमलाइन हो । हामी त्यसैमा अडिग भएर छलफल गरिरहेका छौं । हिजो बादललाई पनि बोलाइएको छ भन्ने थाहा थिएन । मैले उहाँलाई एमालेमा स्वागत छ भनें ।ु
बैठकमा केही नेताले भने ओलीले धोका दिनसक्ने भन्दै नयाँ पार्टी दर्ता गरेर जानुपर्नेमा जोड दिएका थिए । सो समूहका अर्का एक नेताले प्रधानमन्त्री ओलीले आफ्नो सरकार जोगाउनका लागि सहमतिका नाममा अल्मल्याउन खोजेको आशंका गरे ।

यसअघि पनि सहमति कार्यान्वयन गर्नुपर्दा उहाँमा अलिकति पनि इमान्दारिता देखिएको थिएन । उहाँले दर्जनौँ पटक यस्ता सहमति गरेर पनि कार्यान्वयन नगरेको हामीले भोगेका छौं । एमसीसीबारे सुझाव दिन तत्कालीन नेकपामा कार्यदल बनेको थियो । कार्यदलले दिएको सुझाव रद्दीको टोकरीमा फ्याँक्नुभयो । अहिले पनि उहाँका गतिविधिले सहमति पालनामा इमान्दार नहुने देखाइसकेको छु, उनले भने ।

यसअघि चपली हाइटको बैठकमा खनाल-नेपाल समूहको मागअनुसार पार्टीलाई जेठ २ मा फर्काउन अध्यक्ष ओली र नेता नेपालबीच सैद्धान्तिक सहमति भएको थियो । सोही सहमतिका आधारमा संगठनसम्बन्धी ठोस प्रस्ताव तयार गर्न कार्यदल बनाउने समझदारी जुटेको थियो । तर,कार्यदलबारे छलफल गर्न बसेको बैठकमा बादललाई इन्ट्री गराइएपछि खनाल-नेपाल समूह आशंकित बनेको हो ।

टिप्पणीहरू