कोरोनाबाट कराँतेका गुरु र खेलाडीको क्षति

कोरोनाबाट कराँतेका गुरु र खेलाडीको क्षति

क्योकुसिन कराँतेको पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको कोरोना संक्रमणबाट निधन भएको छ । उनी पूर्वअन्तराष्ट्रिय खेलाडी,वरिष्ठ प्रशिक्षक तथा नेपाल फुल कन्ट्याक्ट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष थिए ।

स्व।बज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्टयाक्ट कराँते च्याम्पियनसीपमा काँस्य पदक जितेका थिए । स्व।बज्राचार्यका श्रीमती,१ छोरा र २ छोरी छन् ।

यसैबीच करातेका पूर्व खेलाडी तथा हाल प्रशिक्षक रहेका हस्तबहादुर लामा र वैजनाथ यादवको समेत कोरोना संक्रमणबाट निधन भएको बताइएको छ ।स्वर्गीय बज्राचार्यको नाममा ‘रामजीप्रसाद बज्राचार्य प्रतिष्ठान’ खोलिने भएको छ ।

रामजीका परिवार र क्योकुसिनमा उनका चेलाहरुको सहयोग र नेपालमा रहेका क्योकुसिन कराते आवद्ध संघहरुको सहयोगमा प्रतिष्ठान गठन गरिन लागिएको नेपाल शो क्योकुसिन कराते संघका ब्राञ्च चिफ राजकुमार श्रेष्ठले बताएका छन् ।

हालसम्म उक्त प्रतिष्ठानमा स्वदेश तथा विदेशमा रहेका उनका चेलाहरुले ४ लाख रुपैयाँ प्रदान गरेको पनि श्रेष्ठले जानकारी दिएका छन् । अर्थ संकलन संयोजकमा युएनकेएका वरिष्ठ उपाध्यक्ष सुरज श्रेष्ठ रहेका छन् । आर्थिक हिसाब युएनकेएको वेवसाइटमा विस्तृत रूपमा प्रकाशित गरिने बताइएको छ ।

टिप्पणीहरू