काठमाडौं उपत्यकामा निषेधाज्ञा प्रभावकारी भएको प्रशासनको दाबी (भिडियो)
निषेधाज्ञाको २० औं दिन आज काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालनमा आएका र पैदलयात्री समेत आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्केको बताइएको छ ।
काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा, खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतका सवारी साधन बाहेक अन्य सवारीसाधन निकै कम सञ्चालनमा आएका छन् ।
सवारी पास नलिई सवारी साधन लिएर सडकमा निस्केका फाट्टफुट्ट सर्वसाधारणलाई प्रहरीले चेकजाँच गर्दै नियन्त्रणमा लिएको देखिन्छ । त्यसैगरी अनुमति विना हिँडडुल गर्ने पैदलयात्रु पनि प्रहरीको होल्डिङ सेन्टरमा पर्ने गरेका छन् । तर अघिल्ला दिनको तुलनामा मंगलबार थोरै मात्र प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नेतृत्वको अनुगमन टोलीको सक्रियता बढेसँगै अनावश्यक सवारीसाधन प्रयोग गर्ने र सडकमा हिँड्नेहरुको संख्यामा कमी आएको प्रहरीको दाबी छ ।
त्यसैगरी निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेपछि पनि निषेधाज्ञाको पालना गर्नेको संख्या बढेको ट्राफिक प्रहरीले बताएको छ ।
टिप्पणीहरू