‘ताउ–ते २’ देखि सावधान, हिमाली क्षेत्रमा भारी हिमपातको खतरा : पर्यटन विभाग
पर्यटन विभागको पर्वतारोहण शाखाले ताउ–ते २ लाई मध्यनजर राख्दै उच्च हिमाली भेगमा हुनसक्ने अप्रत्यासित मौसम परिवर्तनप्रति विशेष ख्याल राख्न त्यस क्षेत्रमा रहेका पर्यटकहरुलाई विशेष अनुरोध गरेको छ ।
हिजो जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै आजदेखि बिहिबारसम्म मध्यपूर्वमा देखिएको ताउ–ते २ नामक शक्तिशाली चक्रवातको असर पर्नसक्नेतर्फ सतर्क रहन आग्रह गरेको हो ।
चक्रवातका कारण उच्च हिमाली भू–भागमा मध्यदेखि भारी हिमपात हुनुका साथै उच्च वेगको हावाहुरी आउनसक्ने बताइएको छ ।
पर्यटन विभागको सूचनामा पर्वतारोहणका लागि विभिन्न हिमाली क्षेत्रमा गएका पर्यटकहरुलाई व्यवस्थापन गर्न र एजेन्सीहरुले मौसमको ख्याल गरेर पर्यटकहरुलाई सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ ।
साथै कुनैपनि क्षति हुन नदिन र पर्यटन क्षेत्रलाई सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाह गर्नसमेत सूचनामा भनिएको छ ।
टिप्पणीहरू