राष्ट्रपति सैनिक हिरासतमा,रिहा गर्न राष्ट्रसंघको माग

राष्ट्रपति सैनिक हिरासतमा,रिहा गर्न राष्ट्रसंघको माग

पश्चिम अफ्रिकी मुलुक मालीका राष्ट्रपति बाद्ह र प्रधानमन्त्री मोक्तार ओआनेलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसंघले माग गरेको छ ।

उनीहरूलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको समाचार सार्वजनिक भएलगत्तै राष्ट्रसंघले तत्काल र बिना शर्त’ रिहाइको माग गरेको हो ।

यसअघि सेनाले राजधानी बामा नजिकैको काटी सैन्य ब्यारेकमा त्यहाँका अन्तरिम राष्ट्रपति बाद्ह, प्रधानमन्त्री ओआने र रक्षामन्त्री सौलेमान डुकोरलाई नजरबन्दमा राखेको बताइन्छ । उक्त खबरसँगै मालीमा दोस्रो सैन्य ‘कू’ भएको आशंकामा सर्वसाधारण त्रसित छन् ।

मालीमा सरकार पुनर्गठन भएको केही घण्टामै राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले आफ्नो नियन्त्रणमा लिएको हो । गत वर्षको ‘कू’ मा महत्वपूर्ण भूमिका खेलेका दुई वरिष्ठ सैन्य अधिकारीलाई सरकारबाट हटाइएपछि पछिल्लो घटना भएको बताइन्छ ।

मालीमा नौ महिनाअघि भएको सैन्य ‘कू’ बाट राष्ट्रपति बोउबकर केइटा अपदस्थ भएका थिए । त्यतिबेला सेनाले गरेको राजनीतिक सुधार र सत्ता हस्तान्तरणको वाचा पूरा गर्नमा ढिलाई गरेपछि जनता आक्रोशित हुँदै आएका थिए

टिप्पणीहरू