अक्सिजन अभावले मृत्यु भएको होइन :
कास्की प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अक्सिजनको अभावमा कसैको ज्यान नगएको बताउनुभएको छ । उहाँका अनुसार तनहुँकी सुत्करीसहित छ जनाको संक्रमणका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गए पनि अक्सिजन अभावले भएको होइन ।
जनआस्थासँगको कुराकानीमा उहाँले भन्नुभयो ‘बिरामीको निधन भएको हो तर अक्सिजन अभावले होइन ।’ प्रजिअ गौतमका अनुसार हिजो मात्रै अस्पतालमा २ सय २३ सिलिन्डर अक्सिजन पठाइएको छ ।
हाल कास्कीमा तीन हजार जना भन्दा बढि सक्रिय संक्रमित छन् । तीमध्ये ४ सय ९० ले अस्पतालमा उपचार गराइरहेका छन् भने बाँकी होम आइसोलेशनमा बसेको पनि उहाँले जानकारी दिनुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोना फोकल पर्सन डा. शरदचन्द्र बरालले भन्नुभयो ‘केहीबेर विद्युत आपूर्ति बन्द हुँदा अक्सिजनको फ्लो कम भएको हुनसक्छ । तर अक्सिजन अभावका कारण बिरामीहरुको ज्यान गएको भन्ने होइन ।’
टिप्पणीहरू