यस्तो बन्यो संवैधानिक इजलास, माननीयको मुद्दा कुमार श्रीमानले हेर्ने
प्रतिनिधिसभा विघटनबिरुद्धका मुद्दा हेर्न प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गर्नुभएको छ ।
वरिष्ठताको आधारमा गठित इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई रहनुभएको छ ।
यसअघिको इजलासमा रहनुभएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि मुद्दाका पक्षधर वकिलहरुले प्रश्न उठाएपछि उहाँहरु रहित बेन्च गठन भएको हो ।
बिश्वम्भर श्रेष्ठ कोभिड कन्ट्याक्ट ट्रेसिङमा क्वारिण्टिनमा रहनुभएकाले र हरिकृष्ण कार्कीले यसअघिको यस्तै इजलासमा नबस्ने घोषणा गर्नुभएकाले वरियताक्रमबाट खतिवडा र भट्टराईलाई राखिएको हो ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । पार्टीले कारबाही गरेर पदमुक्त गराएका थापाको मुद्दाले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार रहने वा नरहने निर्णय गर्ने भएकाले अर्थपूर्ण ढंगले हेरिएको छ ।
स्रोत भन्छ ‘कुमार श्रीमान् प्रधान न्यायाधीश राणाको इच्छाबेगर हल्लिनुहुन्न ।’
टिप्पणीहरू