बिरामीको मृत्युपछि मनमोहन अस्पतालमा तनाव

बिरामीको मृत्युपछि मनमोहन अस्पतालमा तनाव

डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा आफन्त र बाहिरका मानिसले बिरोध गरेका छन् ।

काठमाडौ धापासीका २९ वर्षीय मिया तुलाधरको उपचारको क्रममा आज बिहान मृत्यु भएपछि आफन्तले गरेको बिरोधका कारण अस्पतालको वातावरण तनावग्रस्त बनेको हो ।

तुलाधर पित्त थैलीको पथरीको उपचारको लागि जेठ २५ गते अस्पताल भर्ना भएको र हिजो उनको अपरेसन भएको थियो । मृत्युपछि आफन्त र “जय नारी” सम्बध्द सावित्री सुवेदीलगायत झण्डै एक दर्जनले गरेको विरोधका कारण अस्पताल हाता तनावग्रस्त भएको हो ।

प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएर केही बेरअघि महानगरीय प्रहरी वृत्त स्वयम्भूमा लगेपछि अवस्था सामान्य भएको बताइएको छ ।

टिप्पणीहरू