पशुपंछीको आवाज निकालेर भाइरल बनेकी युवतीको हत्या

धेरै वटा पशुपंछीको आवाज निकालेर युट्युब तथा टिकटकमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले आशंका गरेको छ ।
मंगलवार दक्षिणकालीस्थित एउटा शौचालयमा सुब्बाको शव भेटिएको हो । शव पोष्टमार्टमको लागि त्रिभुवन शिक्षण अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारले बताउनुभएको छ ।
हत्याको कारण अझै नखुले पनि टाउको र अनुहारमा देखिएको गहिरो चोटपटकले सुब्बाको क्रुर ढंगले हत्या गरिएको हुनसक्ने तण्डुकारले जनआस्थासँगको कुराकानीमा बताउनुभएको छ ।
टिप्पणीहरू