कोरोनाबाट आज २४ सय संक्रमित, ३५ सय निको, ५२ को निधन

कोरोनाबाट आज ५२ जनाको ज्यान गएको छ । २ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ५ सय ५८ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ४ सय ६१ पीसीआर तथा ४ हजार ९ सय ५३ एन्टिजेन गरी १२ हजार ४ सय १४ जनामा परीक्षण गरिएको थियो ।
आज संक्रमितभन्दा १ हजार १ सय ३७ जना बढी निको भएका छन् । त्यस्तै, आज मुलकभर ५० हजार ५ सय २० जना सक्रिय संक्रमित रहेका छन् ।
टिप्पणीहरू