सुरक्षाका ठुल्ठूला हाकिमलाई आइजीपीको निर्देशन ‘आपराधिक गतिविधिप्रति संवेदनशील हुनु’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अधिकृतहरूलाई हिंसात्मक गतिविधि,जघन्य अपराध,साइबर क्राइम, कालोबजारी,तस्करीजस्ता आपराधिक गतिविधिप्रति संवेदनशील हुन निर्देशन दिनुभएको छ ।
सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका अधिकृतहरुलाई सम्बोधन गर्दै क्षेत्रीले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनका साथै आफ्नो क्षेत्रमा आइपर्ने सम्भावित बाढी, पहिरो,डुबान जस्ता विपद् व्यवस्थापनमा सक्रिय भई उच्च सतर्कताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको हो ।
प्रहरीका हाकिमहरुलाई मातहत प्रहरी कर्मचारीहरूको मनोवल उच्च राख्न,उनीहरूका गुनासो सुनुवाइको व्यवस्थापन गर्न, अनुगमन तथा निरीक्षणमा विशेष भूमिका निर्वाह गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।
टिप्पणीहरू