पूर्वराजाको जन्मोत्सव,एक थरि गेटमै रोकिए
मातृभूमि संरक्षण नेपालले वसन्तपुरमा आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७५ औं जन्मोत्सव मनाएको छ । शाहको सुस्वास्थ एवम् दीर्घायुको निम्ति शुभकामना आदानप्रदान गर्दै संस्थाले जन्मदिवस मनाएको हो ।
कार्यक्रममा संस्थाका संयोजक राजन महर्जन,पुनर्उत्थानवादीका संयोजक शेखरजङ्ग रायमाझी, नेपाली अभियान नागरिक परिवारका राष्ट्रिय संयोजक,सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठलगायतको उपस्थिति थियो ।
पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि अहिलेको माहोलमा आफूले यो वर्ष जन्म दिन नमनाउने घोषणा गर्नुभएको थियो ।
यसैबीच पूर्वराजालाई शुभकामना दिन निर्मल निवास पुगेको एउटा टोलीलाई गेट बाहिरै रोकिएको छ । शुभकामना दिन गएको टोलीको तर्फबाट गेटबाटै संयोजक चन्द्रबहादुर रामदाम र उपसंयोजक लक्ष्मी मल्लले शुभकामना दिएका थिए ।
टिप्पणीहरू