मूल्यवृद्विको बिरोध गर्ने विद्यार्थी नेताहरु समातिए

मूल्यवृद्विको बिरोध गर्ने विद्यार्थी नेताहरु समातिए

सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध गर्दै प्रदर्शन गर्ने नेविसंघका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको कालधारा चोकबाट पब्लिक युथ क्याम्पस नेविसंघ इकाइका सचिव सन्तोष श्रेष्ठको नेतृत्वमा निस्केको समूहले नारा लगाउँदै पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूूल्यवृद्धिको बिरोध गरेको थियो ।

सोही क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सोह्रखुट्टेस्थित चौकी पुर्याएको हो । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता गर, कामचलाउ सरकार मूर्दावाद, नेविसंघ जिन्दावाद,जनता मार्न पाईंदैन जस्ता नारा लगाएका थिए ।

 

टिप्पणीहरू