विप्लव र वैद्य दुबै माओवादी सडकमा

विप्लव र वैद्य दुबै माओवादी सडकमा

विद्यालयहरुले गरेको शुल्क बृद्धिविरुद्ध माओवादी निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरेको छ ।

अहिले एसईईको नतिजा सार्वजनिक नहुँदै केही शैक्षिक संस्थाले शुरु गरेको भर्नामा चर्को शुल्क असुलेको भन्दै क्रान्तिकारीले विरोध गरेको बताइएको छ ।राजधानीको पारागन कलेजलगायतले गरेको शुल्कवृद्धिविरुद्ध आफ्नो प्रदर्शन केन्द्रित रहेको आयोजकपक्षले बताएको छ ।

अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्ष गोविन्द बिष्ट र क्याम्पस जिल्ला कमिटी अध्यक्ष तारा सन्जेल,महासचिव प्रकाश शाही लगायतले विरोध प्रदर्शनमा भाग लिएका थिए ।

यसैगरी नेकपा (क्रान्तिकारी) माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समिति पनि सरकारविरुद्ध उत्रिएको छ ।

सरकारको बिरोध गर्दै शोषित– उत्पीडित श्रमजीवी मजदुरको राज्य खोइ ? भन्ने मूल नाराका साथ ट्रेड युनियन आज माइतीघर मण्डला पुगेको हो । कार्यक्रममा महासंघका अध्यक्ष ईश्वर तिमल्सिना,अखिल नेपाल महिला संघ केन्द्रीय अध्यक्ष अम्बिका मुडभरी, वसन्त बोगटी लगायतको उपस्थिति थियो ।

विरोध कार्यक्रममा उनीहरूले मजदुर तथा नोरशाहीतन्त्र मूर्दावाद, नयाँ जनवादी व्यवस्था जिन्दावाद, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गरलगायत नारा लगाएका थिए ।

टिप्पणीहरू