प्रधानमन्त्री हेलिकोप्टरमा हेलम्बु प्रस्थान

प्रधानमन्त्री हेलिकोप्टरमा हेलम्बु प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली बाढीपहिरोबाट आक्रान्त सिन्धुपाल्चोक जिल्ला जानुभएको छ । केहीबेर अघि उहाँ हेलिकोप्टरबाट हेलम्बुको गणेश बगर प्रस्थान गर्नुभएको बताइएको छ ।

असार १ गते राती इन्द्रावती नदी र मेलम्ची खोलामा आएको बाढीका कारण सो क्षेत्र तहसनहस भएको छ । बाढीमा डेढ दर्जनको निधन भएको छ भने दुई दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।

मेलम्ची बजार बगरमा परिणत भएको छ । मेलम्ची खानेपानी आयोजनामा थप क्षति पुगेको छ । हजारौं परिवार विस्थापित भएका छन् ।

टिप्पणीहरू