प्रधानमन्त्री वीर अस्पताल पुग्नुभयो
प्रधानमन्त्री केपी शर्मा ओली नवनिर्मित सर्जिकल भवनको उद्घाटनको निम्ति वीर अस्पताल पुग्नुभएको छ ।
वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आज बिहान हुने उद्घाटनको निम्ति प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री त्यहाँ पुग्नुभएको हो ।
कार्यक्रमस्थलमा अतिथिको रुपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठ,काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य,र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाकार विष्णु रिमाललगायतको उपस्थिति रहेको छ ।
टिप्पणीहरू