ब्राउनसुगर कारोबारमा बालकसहित चार पक्राउ

ब्राउनसुगर कारोबारमा बालकसहित चार पक्राउ

सुनसरी ईटहरी उप-महानगरपालिका-६ बाट लागुऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका-१२ घर भई ईटहरी उप-महानगरपालिका-५ बस्दै आएका २७ बर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी-५ का १६ बर्षीय १ बालक र ईटहरी-४ का १८ बर्षीय जोन चौलागाई र ईटहरी ४ का २३ बर्षीय बिबेक खड्का रहेका छन् ।

खडकालाइ अन्य अभियुक्तहरुको वयानको आधारमा पक्राउ गरिएको हो । आरोपितहरुबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र नगद रु. २०००।- समेत बरामद गरेको छ । त्यसैगरी वयानको आधारमा पक्राउ परेका खड्काबाट २९ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर र १ थान मोवायल थान पनि बरामद गरिएको छ ।

एक होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीको सयुक्त टोलीले शनिवार राती पौने १२ बजे छापा मार्दा ४ जनालाई पक्राउ गरेको हो । आरोपितबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू