कोरोनाबाट आज २० को निधन, १५ सय निको हुँदा १८ सय संक्रमित
कोरोनाबाट आज २० जनाको ज्यान गएको छ भने १ हजार ८ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । आज १ हजार ५ सय ३३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३५ पीसीआर तथा ३ हजार ६ सय ८३ जनामा एन्टिजेन गरी ९ हजार २ सय १८ जनामा परीक्षण गरिएको थियो ।
मुलुकभर आज २६ हजार १ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।
टिप्पणीहरू