गाउँ गाउँमा भरुवा बन्दुक लुकाएर राख्नेको खोजी

गाउँ गाउँमा भरुवा बन्दुक लुकाएर राख्नेको खोजी

गाँउमा भरुवा बन्दुक लुकाएर राखेको खबर बाहिरिँदै गर्दा प्रहरीले व्यापक तलासी गरेको छ । सोही क्रममा बाग्लुङमा भरुवा बन्दुकसहित दुई जना समातिएका छन् ।

निसिखोला गाउँपालिका–४, माझपाखा बस्ने स्थानीय ४० वर्षीय दलबहादुर चन्द र ४६ वर्षीय नरबहादुर कुँवर आज पक्राउ परेका हुन् ।

चन्दले १ थान एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १२ वटा छर्रा धनसारमा लुकाई राखेका थिए भने कुँवरलाई १ थान एक नाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

टिप्पणीहरू