मन्त्रीहरुले भटाभट पुल्चोकको क्वार्टर छाडे
आज साँझदेखि पदमुक्त हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएपछि मन्त्री क्वार्टरमा डेरा जमाएर बसेका भूतपूर्व मन्त्रीहरुले अघिल्लो बिहीबारदेखि पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छन् ।
गत साता जनआस्थामा समाचार प्रकाशित भएपछि उनीहरु झिटीगुण्टा बोकेर भोलिपल्ट आफ्नै घर र डेरा सरेका हुन् ।
चन्दा चौधरी र अनिल झाहरु जनआस्थामा प्रकाशित समाचारपछि पुल्चोकबाट गएका थिए । सोमबार सर्वोच्च अदालतको फैसलाको कारण हिजोदेखि तीन जना मन्त्रीले पनि क्वार्टर छाडेको बताइन्छ । मंगलबार मध्यान्हतिर उनीहरु बिदावारी भएर गएका हुन् ।
अब क्वार्टरको बी ३ ब्लकमा राष्ट्रिय सभाको उपाध्यक्ष मात्र हुनुहुन्छ । मंगलबारदेखि क्वार्टर छाडेका मन्त्रीहरुमा कानुन मन्त्री लीला श्रेष्ठ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र निर्माण तथा यातायात मन्त्री वसन्त नेम्वाङ हुनुहुन्छ ।
टिप्पणीहरू