पाटे बाघको छालासहित २ जना तस्कर पक्राउ

पाटे बाघको छालासहित २ जना तस्कर पक्राउ

कैलालीमा पाटे बाघको छाला तस्करी गर्दै गरेको अवस्थामा दुई जना समातिएका छन् । गौरीगंगा नगरपालिका–७, मटकौनाबाट १० फिट लम्बाई र ६ फिट ७ इन्च चौडाईं भएको पाटे बाघको १ थान छालासहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मोहन्याल गाउँपालिका–५, सालघारीका ५२ वर्षीय पूर्णबहादुर बुढामगर र लम्किचुहा नगरपालिका–१, लम्की बसपार्कका ३० वर्षीय लोकबहादुर सिजापती (मगर) रहेका छन् ।

गौरीगंगा नगरपालिका–७, मटकौनामा पाटे बाघको छालाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मसुरीया कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई प्लास्टिकको बट्टामा छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

टिप्पणीहरू