काठमाडौंमा केपी ओली पक्षको भेला धमाधम

काठमाडौंमा केपी ओली पक्षको भेला धमाधम

एमालेको काठमाडौं निर्वाचन क्षेत्रीय कमिटीहरुको बैठक आज एकैसाथ बोलाइएको छ । सोही क्रममा क्षेत्र नम्बर ३ को बैठक गोकर्णेश्वर नगरपालिका–५, स्थित ड्रिम हाउस इन्टरनेशनलमा मध्यान्ह साढे १२ बजेदेखि शुरु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फुयाँललाई बनाइएको छ । उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य कृष्णबहादुर राई,केन्द्रीय सदस्य रामशरण ढुङ्गाना, पुण्य चौलागाईं, क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष कृष्णजी खड्का,बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामालगायत झण्डै तीन दर्जन नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रम भइरहेको बताइएको छ ।

टिप्पणीहरू