गठबन्धन सरकारमा जसपा सामेल हुने, भोलिको बैठकले सबै टुंगो लगाउने
जनता समाजवादी पार्टीले वर्तमान गठबन्धन सरकारमा सामेल हुने औपचारिक निर्णय गरेको छ । तर सरकारमा कसको नेतृत्वमा सहभागी हुने भन्ने विषय भोलिको बैठकले गर्ने बताइएको छ । आज दिउँसो ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टीको बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीको प्रचारप्रसार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार पार्टीको कार्यकारिणी समिती ५३ जनाको रहेकोमा हाल ३६ कायम रहेको र दलको तर्फबाट आगामी मन्त्री को को हुने भन्नेबारे भोलि निर्णय गरिने छ ।
यसैगरी जसपाले पार्टीमा आबद्ध शिवलाल थापामगर नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी, नेकपा एकीकृत माक्र्सवादी पार्टी अमृत पुरी समूह र लिम्बुवान राष्ट्रिय मञ्चको मछेन्द्र बेगा नेतृत्वको समूहसँग एकता गर्दाको सम्झौतालाई अनुमोदन गरेको छ । जसअनुसार शिवलाललाई केन्द्रीय कार्यकारिणी समितिमा, पुरीलाइ राजनीतिक समितिमा र बेगालाई पार्टी केन्द्रीय समितिमा नियुक्त गरिएको छ ।
जेलमा रहेका माननीय रेशम चौधरीलाई कार्यकारिणीबाट नहटाइएको पनि खतिवडाले प्रष्ट पार्नुभएको छ ।
टिप्पणीहरू