ओखरको दानामा ६ लाख दाउ, एउटै खालबाट २१ पक्राउ

ओखरको दानामा ६ लाख दाउ, एउटै खालबाट २१ पक्राउ

काठमाडौंमा ओखर ताकेर जुवा खेल्ने २१ जना पक्राउ परेका छन् । स्वयम्भू नजिकैको बिजेश्वरीमा लाखौं रुपैयाँ हारजित हुनेगरी ओखर ताक्ने खेल खेलेका उनीहरुलाई आज प्रहरीले एउटै खालबाट समातेको हो ।

विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ६ लाख ४ हजार नगदसहित २१ जना जुवाडेलाई पक्राउ गरेको बताइएको छ ।

विजेश्वरीस्थित प्रकाश शाहीले आफ्नो घरको चौथो तल्लाको एउटा कोठामा ओखर हान्ने स्थान बनाएको र सोहीस्थानमा ओखर खेलिरहेको बेलामा उनीहरु सबैलाई एकै घानमा समातिएको थियो ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भूमा बुझाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू