बेलायतमा नेपालीद्वारा पत्नीमाथि बबाल
अघिल्लो हप्ता बेलायती प्रधानमन्त्री टेरेसा मेले भनिन्, घरेलु हिंसा अन्त्य गर्न नयाँ कानुन लागू गर्दैछु । ५० वर्षअघि ब्रिटिश पुलिस यदि कुनै श्रीमान्ले श्रीमतीलाई पिट्यो भने त्यो घरेलु विषय भनेर त्यसमा प्रवेश गर्दैनथ्यो ।
तर, सन् १९७० देखि पूर्णतया परिवर्तन आयो र अहिले संयुक्त अधिराज्यमा यसलाई एक गम्भीर अपराध मानिन्छ । जसमा ८० प्रतिशत हिंसाको शिकार महिला हुने गरेका छन् । बेलायती न्यायप्रणालीले घरेलु हिंसालाई यति महत्वका साथ लिएको छ कि यदि पीडितले कानुनी उपचारको खोजी गरेन तर तथ्य र प्रमाणले हिंसा भएको प्रमाणित ग¥यो भने मुद्दा चल्छ । यदि, कुनै प्रत्यक्षदर्शी छ भने मुद्दाका लागि त्यही काफी हुन्छ । त्यो व्यक्ति पुलिस अधिकारी वा छिमेकी जो भए पनि हुन्छ । टेरेसा मेको जोड केमा थियो भने यस्ता गतिविधिले पीडित मात्र होइन, पूरै समाजलाई क्षति गर्छ ।
दुर्भाग्यवश, बेलायती समाजका अन्य भागजस्तै नेपाली समाज पनि यस्ता घटनाबाट मुक्त छैन । आफ्नै श्रीमतीको हत्याप्रयास गरेको आरोपमा एकजना नेपाली बेलायती जेलमा छन् । ती श्रीमान् समाजमा राम्रै छवि भएका व्यक्ति हुन् तर उनीभन्दा निकै जवान श्रीमतीले आफ्नैलागि मात्र धेरै पैसा खर्च गरिन् र स्वार्थी बनिन् भन्ने उनको आरोप छ । अचम्म त के भने उनले श्रीमान््को भन्दा राम्रो कमाइ गरेको देखिन्छ । ती पुरुषले पार्कमा उनीमाथि आक्रमण गरेर झण्डै मारेका थिए । ती पुरुषले अब वर्षौंसम्म जेलमा बिताउनुपर्छ । श्रीमतीचाहिँ सायद छिट्टै निको हुनेछिन् तर उनले अनुभवबाट सिक्नेमा चाहिँ शंका छ ।
यस्तै अर्को घटनामा एक खराब पतिले आफ्ना छोराछोरी नेपाल फिर्ता लैजानु अघि स्वास्नीलाई पिटेका छन् । ती बच्चाहरू बेलायतमा बसेका हुनाले अहिले यहाँको पुलिसले ती व्यक्तिलाई बच्चा अपहरण गरेको अभियोगमा फरार अपराधीको सूचीमा राखेको छ । बेलायती कानुनअनुसार उनका आफ्नै सन्तान भएपनि उनले तिनलाई आमाको स्वीकृतिबिना बाहिर लैजान पाउँदैनन् । अर्को घटनामा एकजना पुरुषले गृह मन्त्रालयअन्तर्गतको कार्यालयलाई के जानकारी गराए भने उनलाई श्रीमतीले छोडिन् र हाल उनलाई एअरपोर्टमा नेपाल फिर्ता पठाउन राखिएको छ । तर, अदालतले ती महिलालाई नेपाल पठाउनबाट रोक्यो किनकि ती पुरुषमाथि श्रीमतीलाई पिटेको र दुव्र्यवहार गरेको आरोप लाग्यो ।
स्पष्ट के देखिन्छ भने अन्य समुदायले झैँ बेलायतमा बस्ने नेपाली समुदायले पनि सिक्नुपर्ने धेरै छ । त्यसो त टेरेसाको घोषणालाई राजनीतिक फण्डा भन्नेहरू पनि छन् । तर, अहिले उठाइएको बिषय त्यो होइन । यहाँ राजनीतिकर्मीलाई राम्रो मानिंदैन किनकि तिनीहरू सर्वसाधारणको पहुँचभन्दा धेरै टाढा हुन्छन् । यो एक राजनीतिकर्मीले पर बसेर चालेको कदम हो । सर्वसाधारणको जीवनमा घरेलु हिंसाले कति असर पार्छ, यो कुराको जानकारी कसलाई होला ?
टिप्पणीहरू