कैयौं कम्युनिष्टहरूका कारुणिक कथा

अर्जुनबहादुर भण्डारी, नुवाकोट जिल्ला विदुर नगरपालिका–९ का बासिन्दा । पोष्टबहादुर बोगटीको गाउँ तुप्चेको पारिपट्टि हो, स्थायी बसोबास । पेशाले शिक्षक । माओवादीको पूर्व रूप चौथो महाधिवेशनको पालामा रसुवा–नुवाकोटका संस्थापक सचिव । एमालेमा बलराम समाल थिए, विद्यार्थी नेता तथा प्रखरवक्ता । महोत्तरीका बासिन्दा । ०३६ सालको आन्दोलनमा यिनको भाषणले नै जनतालाई जुरुकजुरुक उठाउँथ्यो ।

मानसिक रोगले थलिए । अहिले बिजोग छ । त्यस्तै हुन्, भण्डारी पनि । ०४४ सालतिर पञ्चायतकालमा प्रचण्डहरू गएर बस्ने, खाने, सुत्ने सेल्टर थियो यिनको घर । त्यो घर २ वर्षअघिको महाभूकम्पले भत्काइदियो । त्यसपछि पत्नीसहित ललितपुरको एकान्तकुनामा आएर डेरा बसे । मानसिक रूपमा कमजोर । नजिकको एउटा ब्युटी पार्लरमा चुरोट, रक्सी सेवन गर्नेदेखि केही अवाञ्छित गतिविधिसमेत हुने गरेको देखेपछि पुराना समाजसुधारक भएकाले त्यसको विरोध गरे । सामाजिक वातावरण शुद्ध राख्ने अत्यन्तै सम्मानयोग्य मनशाय थियो । त्यसैले पटक–पटक ब्युटीपार्लर सञ्चालिकालाई सम्झाए, कराए । तर, कसले सुन्ने ती वृद्धको कुरा, त्यसमाथि मानसिक रोगी जो ठहरिए । आखिर केही भएन ।

रु उल्टै पार्लरवालाहरू यो बूढाले हाम्रो अपमान ग¥यो भन्दै सानेपा प्रहरीसमक्ष गए । अस्ति शनिबार पुलिसले समातेर लग्यो र कुट्नसम्म कुटेर हायलकायल पा¥यो । उनले मलाई थाइराइड छ, त्यसले गर्दा मिर्गाैलामा पनि समस्या छ । रोगी हुँ भनेर बिन्ती बिसाए तर कसैले सुनेन । नपत्याए हेर्नुस्, भन्दै डाक्टरको प्रेस्क्रिप्सन (पुर्जी) पनि देखाए । उनलाई त्यहाँ पु¥याएको खबर माओवादी नेताहरूले पाए । ‘उहाँ हाम्रो नेता हो’ हितबहादुर तामाङले यसो भन्दै कुरा पु¥याए । प्रधानमन्त्री कार्यालयलाई समेत खबर गयो । पोष्टबहादुरकी पत्नीले पनि भनसुन गरेपछि साँझ ५ बजेतिर उनलाई छाडियो । तर, राति नौ बजेसम्म जिम्मा लिन कोही आएन । घर जाने खर्च, गाडी भाडासमेत छैन भन्दै त्यहीँ बसे । पछि विप्लव माओवादीको जनस्वयंसेवकका कार्यालय सचिव राजमान तामाङ र वसन्त भेटवाल राति गएर जिम्मा लिई हिँडे ।

वसन्तको माछापोखरीस्थित डेरामा त्यो रात राखे । भोलिपल्ट यो कुरा थाहा पाएर विप्लवकै अर्का नेता किरण रिजालले मानसिक रोगको समेत उपचार गर्न जोरपाटीस्थित उपचार केन्द्रमा पु¥याएका छन् भने पुलिसचाहिँ उनलाई आफूले पक्रेको नभएर श्रीमान्÷श्रीमतीबीच केही खटपट भएर आफैं चौकी आएको दाबी गर्दैछ । रिजालका अनुसार दैनिक दुई पटक खानुपर्ने औषधि एकपटक मात्र खाएका कारण उनमा केही समययता मानसिक समस्या भने बढेको थियो । 

टिप्पणीहरू