मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्न सकेन : पूर्वगभर्नर
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नितिप्रति पूर्वगर्भनरहरुले असन्तुष्टी जनाएका छन् । पूर्व गभर्नरद्धय डा. चिरञ्जीवी नेपाल र दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि जनाएका हुन् ।
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले भारत सरकारले किसानहरुलाई राहत स्वरुप नगद वितरण गरेको दृष्टान्त पेश गर्दै नेपालमा किन त्यसो हुन नसकेको भनि प्रश्न गर्नुभयो ।
त्यस्तै, पूर्वगभर्नर क्षेत्रीले मौद्रिक नीतिले कोभिड संकटलाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । कोभिड प्रभावित क्षेत्रमा गर्ने भनेर नीति सार्वजनिक हुने तर त्यसको प्रतिफल लक्षित समूहले नपाउने अवस्थाको अन्त्य गर्न ढिलाई गर्न नहुनेमा पनि पूर्वगभर्नर क्षेत्रीले जोड दिनुभयो ।
टिप्पणीहरू