माओवादीको राष्ट्रिय सम्मेलन पुसमा

माओवादीको राष्ट्रिय सम्मेलन पुसमा

नेकपा माओवादी केन्द्रले आगामी पुसमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको हो ।

वैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठनिक प्रस्तावमा राष्ट्रिय सम्मेलनको मिति प्रस्ताव गरिएको हो । प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदनका साथै विधान संशाेधनको मस्यौदा पनि वैठकमा पेश गर्नुभएको छ ।

प्रस्तावउपर भोलिदेखि केन्द्रीय सदस्यहरुले छलफल शुरु गर्ने बताइएको छ । छलफलका लागि केन्द्रीय सदस्यहरुलाई आठ समूहमा विभाजित गरिएको छ ।

स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले वैठकले नेताहरुको कार्यविभाजन पनि गर्ने जानकारी दिनुभयो ।

टिप्पणीहरू