आज अफगानिस्तानबारे नेपाली नेताहरुले बोल्ने

आज अफगानिस्तानबारे नेपाली नेताहरुले बोल्ने

अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाबारे आज दिउँसो काठमाडौंमा नेपाली नेताहरुले बोल्ने भएका छन् । तालिबानले राजधानी काबुलसमेत नियन्त्रणमा लिन खोजेको समाचार बाहिरिँदा त्यहाँ रहेका नेपालीहरुको उद्धारको बारेमा उनीहरुले बोल्ने रिपोर्टर्स क्लब नेपालले जानकारी दिएको छ ।

नेपाली काँग्रेसका नेता रमेश लेखक, एमालेका डा. राजन भट्टराई र पूर्वराजदूत दुर्गेशमान सिंहले आज दिउँसो १ बजे रिपोर्टर्स क्लबमा बोल्ने बताइएको छ । उनीहरुले देउवा नेतृत्वको सरकार विस्तारमा भइरहेको ढिलाईको बारेमा समेत आफ्ना धारणा राख्नेछन् ।

अफगानिस्तानको पछिल्लो अप्ठेरो अवस्थामा फसेका नेपालीहरुको उद्धारसँगै सरकारको परराष्ट्र नीतिबारे आज नेताहरुले धारणा राख्ने जनाइएको छ ।

भर्खरै प्राप्त समाचारअनुसार कार्यक्रममा भट्टराइ र परराष्ट्रविद् निश्चलनाथ पाण्डे उपस्थित हुनुभएकाे छ ।

टिप्पणीहरू