कोही सामाजिक सुरक्षाकोषको उग्र विरोधी,कोही अन्धसमर्थक
सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ,एयरलाइन्स, सांस्कृतिक, प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ ।
आज बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षाकोषमा नियमानुसार रकम कट्टी नगरेको भन्दै बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो ।
युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षाकोषमा तोकिएको रकम कट्टा गर्न आग्रह गर्दा पनि नागरिक उड्ययन प्राधिकरण र त्यसअन्तर्गतको सिभिल इन्जिनियरिङ शाखाले श्रमिकको सामाजिक सुरक्षा भत्ता कट्टी नगर्ने ठेकेदारलाई ठेक्का दिने गरेकाले बाध्य भएर प्रदर्शनमा उत्रिएको बताएको छ ।
युनियनका अध्यक्ष सुमनप्रसाद पराजुलीले सिभिल इन्जिनियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाने गरेको आरोप लगाएका छन् । उनले भने, ‘एउटै ठेकेदारलाई बारम्बार ठेक्का दिइएकाले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको हो ।’
उहाँले सामाजिक सुरक्षा ऐन लागू नगरिएको र मजदुरको सामाजिक सुरक्षाकोषमा रकम कट्टी नगरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी समेत दिएका छन् ।
टिप्पणीहरू