बालाजुमा डेढ किलो सालकको खबटा

बालाजुमा डेढ किलो सालकको खबटा

काठमाडौंको बालाजुमा संरक्षित वन्यजन्तु सालकको खपटा बोकेर हिँडेका दुई जना पक्राउ परेका छन् ।

संरक्षित वन्यजन्तु सालकको खबटासहित प्रहरीले मकवानपुर बकैया गाउँपालिका–२ का ३६ वर्षीय कान्छालाल मोक्तान र ४० वर्षीय धनबहादुर योञ्जनलाई पक्राउ गरेको हो । उनीहरु सालकको खबटा बेचबिखनको लागि मकवानपुरबाट काठमाडौं आएको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई उक्त परिमाणको सालकको खबटासहित समातेको जनाएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाईएको छ ।

टिप्पणीहरू