भूमि आयोग जगाइराख्न युवा संघ भिड्दै
अदालतले अन्तरिम आदेश दिएर रोकिएको भूमि आयोग विघटन गर्ने सरकारको निर्णयका विरुद्ध एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले सडक प्रदर्शन गर्ने भएको छ ।
आयोग विघटनको निर्णयलाई जनघाती भन्दै युवासंघले भोलि ११ बजे माइतिघर मण्डलामा प्रदर्शन गर्ने भएको हो ।
आयोग विघटन गरेर सरकारले लाखौँ भूमिहीन सुकुम्बासी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाउँदै संघले आन्दोलन गरिरहेको छ । यसअघि सुकुम्बासी बस्तीमा पुगेर प्रदर्शन गरेको थियो ।
टिप्पणीहरू