विवादास्पद जसपा नेता प्रदीप यादवलाई मन्त्री बनाउन फेरि दबाब

विवादास्पद जसपा नेता प्रदीप यादवलाई मन्त्री बनाउन फेरि दबाब

पर्साबाट समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई मन्त्री बनाउन दवाव बढेको छ ।

२०७६ बैशाख २४ गते युरोपेली मुलुक लात्भियामा स्वतन्त्र तिब्बतको पक्षधर अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएवापत उनलाई त्यसको डेढ महिनापछि २०७६ असार १० मा पार्टीले कारबाही गरेको थियो । त्यतिबेला नेपालबाट दुई जना सांसद सहभागी भएका थिए ।

पार्टीको विदेश नीति विपरित सांसद यादवले उक्त कार्यक्रममा भाग लिएको आरोप थियो यसर्थ केन्द्रीय पदाधिकारी बैठकले साधारण सदस्यबाट ६ महिनाको लागि निलम्बन गर्यो । कारबाहीअघि सोही वर्षको जेठ २ गते सांसद यादवले स्पष्टिकरण बुझाएका थिए ।

यसअघि यादव प्रतिनिधि सभामा पटक पटक विवादास्पद विषय उठाएर चर्चामा आएका थिए । तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग समेत विभिन्न विषयमा जवाफ चाहियो भन्दै कुर्लिएका थिए ।

टिप्पणीहरू