भोलिदेखि उपत्यकामा भेरोसिल खोप अभियान, १८ वर्षमाथिका विद्यार्थीलाई कार्ड देखाए हुने

भोलिदेखि उपत्यकामा भेरोसिल खोप अभियान, १८ वर्षमाथिका विद्यार्थीलाई कार्ड देखाए हुने

भोलिदेखि काठमाडौं उपत्यकामा भेरोसिल खोपको अर्को अभियान शुरु हुने भएको छ । भोलिदेखि प्लस टुमा अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरुले परिचयपत्र र प्रवेशपत्र देखाएपछि खोप लगाउन पाउने छन् ।

विद्यार्थीहरुले परिचयपत्र र प्रवेशपत्रसहित काठमाडौंमा तोकिएका विभिन्न खोप केन्द्रहरुबाट भदौ ४, ५ र ८ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउन सक्नेछन् । यो अभियानमा ४० वर्ष वा सोभन्दा माथिका नागरिकले पनि खोप लगाउन पाउने बताइएको छ ।

काठमाडौंमा खोप खेन्द्रहरु बलम्बुको सशस्त्र प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, सामाखुसीको राधास्वामी आइसोलेसन सेन्टर, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, बानेश्वरको निजामती कर्मचारी अस्पताल, थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल र महाराजगञ्जस्थित शिक्षण अस्पताल रहेका छन् ।
यस्तै काठमाडौं महानगरपालिकाका ३२ वटा वडा र आवश्यकताअनुसार काठमाडौंका अन्य महानगर तथा नगरपालिकाले तोकेको थप खोप केन्द्रबाट पनि खोप लगाउन सक्नेछन् ।

भदाै ९ गतेदेखि ११ गतेसम्म यसअघि पहिलाे खाेप लगाएकालाइ दाेस्राे खाेप लगाइने भएकाे छ ।

टिप्पणीहरू