अनेरास्ववियुले भोलि भण्डाफोर गर्ने

अनेरास्ववियुले भोलि भण्डाफोर गर्ने

नेपालअनेरास्ववियुले भोलि भण्डाफोर गर्ने कम्युनिष्ट पार्टी एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भोलि भण्डाफोर कार्यक्रम राखेको छ । सरकारले जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा अनेरास्ववियुले उक्त कार्यक्रम गर्न लागेको हो ।

‘कथित अध्यादेश खारेज गर’ भन्ने मूल नाराका साथ युनियनले भोलि दिउँसो १ बजे माईतीघर मण्डलामा कार्यक्रम गर्ने बताएको छ ।

भण्डाफोरसभामा सबैलाई सहभागी हुन युनियनले आग्रह समेत गरेको छ । सरकारले सिफारिश गरेको अध्यादेशलाई हिजो दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर जारी गर्नुभएको हो

टिप्पणीहरू