महन्थ-राजेन्द्रतिर को को लागे ?
तत्कालीन जसपा अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षले हालै दर्ता गरेको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सार्वजनिक गरिएको छ ।
समितिमा अध्यक्ष र दुई जना वरिष्ठ नेतासहित २८ जना सदस्य छन् । महन्थ ठाकुरलाई अध्यक्ष र महतो तथा शरतसिंह भण्डारीलाई वरिष्ठ नेताको पद दिइएको छ ।
कार्यकारिणी सदस्यहरुमा अनिलकुमार झा,सर्वेन्द्रनाथ शुक्ल,वृषेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार,उमाकान्त झा,चन्दा चौधरी,लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशवकुमार झा, अकवाल अहमद शाह, निर्जला राउत र सुनिलकुमार झा रहेका छन् ।
यसैगरी दानबहादुर विश्वकर्मा, शेखरकुमार सिंह, विमलप्रसाद श्रीवास्तव,उमाशंकर अरगरिया, एकवाल मियाँ,चन्द्रकान्त चौधरी, दुलारीदेवी खंग खत्वे, कुलदेवी विश्वकर्मा, रेशमलाल चौधरी, सुरिताकुमारी साह, नीलम वर्मा, पुष्पा ठाकुर, कमलाकुमारी गुरुङ, नीलमकुमारी यादव, प्रेमा चौधरी र रुकमिनीकुमारी देवी मण्डललाई पनि नयाँ पार्टीको कार्यकारिणी सदस्यमा राखिएको छ ।
टिप्पणीहरू