नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी कपिलवस्तुमा

नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी कपिलवस्तुमा

आज कपिलवस्तु जिल्लामा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा गरिएको छ ।

वाणगंगा नगरपालिका ४ जितपुरमा उक्त पार्टीको नगर कमिटी संयोजक लंकाबहादुर हमालको नेतृत्वमा भएको अगुवा कार्यकर्ता भेलाले हमालको संयोजकत्वमा १ सय ५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको हो ।

भेलाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेत्रलाल खनाल,क्षेत्र नं. २ मा दिनेश श्रेष्ठ र क्षेत्र नं. ३ मा ओमप्रकाश कुर्मीलाई क्षेत्रीय इञ्चार्ज समेत तोकेको छ ।

टिप्पणीहरू