सरकारले हाम्रो राजनीतिक उद्धार गर्यो : लोकतान्त्रिक समाजवादी पार्टी
हिजो राति निर्वाचन आयोगमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि आज अपरान्ह पत्रकार सम्मेलन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वर्तमान सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर आफूहरुको उद्धार गरेको बताएको छ ।
पार्टीको कार्यकारिणी समितिको पहिलो बैठकको निर्णयबारे जानकारी गराउँदै केशव झाले भन्नुभयो, ‘आफूहरु दलविहीन भएको अवस्थामा उपयुक्त विधेयक ल्याएर सरकारले ठूलो सहयोग गरेको छ ।’
सरकारले सहयोग गरेको र आफूहरुले पनि सरकारलाई सहयोग गर्ने उहाँको धारणा थियो । सरकारसँगको सहकार्यको विषयमा आजको बैठकमा छलफल भए पनि कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो । त्यसबारे सरकारको औपचारिक धारणा आएपछि आवश्यक निर्णय लिने लोसपाको बैठकमा सहमति भएको बताइन्छ ।
झाले भन्नुभयो, ‘बदलिँदो परिस्थितिसँगै सरकारमा कसरी जाने भन्ने विषयमा छलफल भएको छ ।’
टिप्पणीहरू