काबुल घटनाबारे काठमाडौंस्थित अमेरिकी राजदूतको जिकिर –
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थल बाहिर हिजो भएको घटना निकै दुःखदायी रहेको बताउनुभएको छ ।
आज काठमाडौंस्थित राजदूतावासले जारी गरेको विज्ञप्तिमा बेरीले हिजोको घटनामा १३ जना अमेरिकी सैनिकको समेत मृत्यु भएको उल्लेख गर्दै त्यसलाई निकै भयावह र दुःखद्को संज्ञा दिनुभएको छ ।
राजदूतले ज्यान गुमाएका सबै जनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले नेपालमा रहेको अमेरिकी मिशन अफगान जनता र उनीहरुका परिवारसँगै उभिएको उल्लेख गर्नुभएको छ ।
अमेरिकाले अहिलेको कठिन अवस्थामा काबुलस्थित विभिन्न देशका कूटनीतिज्ञ, अफगानिस्तानमा रहेर करिब २० वर्षसम्म अमेरिकासँग साझेदारी र हातेमालो गरेका सबैलाई त्यहाँबाट सुरक्षित तवरले उद्धारको पहल गरिरहेको पनि बेरीले विज्ञप्तिमार्फत् जनाउनुभएको छ ।
टिप्पणीहरू