१ सय ४ बर्ष पुग्यो त्रि–चन्द्र कलेज
त्रि–चन्द्र बहुमुखी क्याम्पसले आज १ सय ४ औँ स्थापना दिवस मनाउँदै छ । कोरोना महामारीका कारण आज क्याम्पसले भर्चुअल माध्यमबाट स्थापना दिवस मनाउन लागेको हो ।
क्याम्पसले वेबिनारबाट आज दिउँसो १ बजे कार्यक्रम गर्ने भएको छ । भर्चुअल रुपमा सबैलाई उपस्थित हुन आग्रह गरिएको उक्त समारोहलाई एनआरइएन नामक संस्थाले प्राविधिक सहयोग गर्ने जनाइएको छ ।
स्थापना दिवस तथा वार्षिक उत्सव समारोहमा सहभागी हुन क्याम्पसले जुमआइडी ६४९२७१४२६६० समेत उपलब्ध गराएको छ ।
टिप्पणीहरू