अमिताभ बच्चनका अंगरक्षक डेढ करोडमा मुछिए
भारतीय प्रख्यात अभिनेता अमिताभ बच्चनका प्रहरी अंगरक्षक जितेन्द्र सिन्धेलाई करोडौंको खेलमा संलग्न भएको आरोप लागेपछि बच्चनको सुरक्षा समूहबाट निकालिएको छ ।
उनलाई करोडौं रुपैयाँ बुझेको बात लागेपछि दक्षिण मुम्बईको एक पुलिस स्टेशनमा सरुवा गरिएको हो । सन् २०१५ यता बच्चनका अंगरक्षक रहेका उनले बच्चन परिवारबाट वार्षिक डेढ करोड रुपैयाँ लिएको आरोप लागेपछि सरुवा गरिएको बताइएको छ ।
मुम्बई पुलिसका अनुसार कुनै पनि प्रहरी एक ठाउँमा पाँच वर्षभन्दा बढि तैनाथ हुन सक्दैन । उनलाई मुम्बई पुलिसले ६ वर्षअघि अभिनेता बच्चनको सुरक्षाको जिम्मेवारीमा खटाएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई पुलिसले उनले सो रकम बच्चनबाट हो वा अरु कसैबाट कुन उद्देश्यले लिएको भन्ने सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू