नेपालमै बसेर बेलायती कलेजको शिक्षा पाइने

नेपालमै बसेर बेलायती कलेजको शिक्षा पाइने

नेपाली विद्यार्थीहरुले अब स्वदेशमै बसेर बेलायतस्थित बर्मिङघ्म सिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन् । एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआईटिम) कलेजले उक्त युनिभर्सिटीको कार्यक्रमहरु समावेश गरेर पठनपाठन शुरु गरेसँगै नेपाली विद्यार्थीहरुलाई त्यस्तो अवसर प्राप्त भएको हो ।

सो कार्यक्रमको आज ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै मेयर महर्जन र राजदूतले विदेशमा समेत प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति निर्माण गरि नेपालले पनि उक्त कलेजमार्फत् उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

कलेजका सिईयो डा. रोशन राठीले कलेजले सधैं उच्च गुणस्तरको अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरेको र आगामी दिनमा पनि बर्मिङघम सिटी युनिभर्सिटीमार्फत् नेपाल बाहिरबाट पनि विद्यार्थीहरुलाई आकर्षित गर्न सकिने विश्वास दिलाए ।

नेपालमै पहिलो पटक बर्मिङघम सिटी युनिभर्सिटीसँग साझेदारी गर्न सफल भएकोले कलेजले गौरव महसुस गरेको पनि सिईयो राठीले बताए ।

टिप्पणीहरू