थानकोट नजिकै पहिरो गयो, राजधानी छिर्ने मुख्य नाका बन्द

थानकोट नजिकै पहिरो गयो, राजधानी छिर्ने मुख्य नाका बन्द

अविरल वर्षाको कारण भर्खरै गएको पहिरोले राजधानी काठमाडौं उपत्यका छिर्ने मुख्य नाका अवरुद्ध भएको छ । नागढुंगा नौबिसे खण्डको झ्याप्ले खोला नजिकै गएको पहिरोका कारण ९ बजेदेखि राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधन रोकिएका छन् ।

ट्राफिक प्रहरीका अनुसार झरी परिरहेकाले पहिरो पन्छाउन समस्या परेको छ । आज दिउँसोसम्ममा पहिरो पन्छाएर सवारी आवागमन खुलाउने प्रयास भइरहेको बताइएको छ ।

टिप्पणीहरू