नेकपा एसका सुदूरपश्चिमेली नेता अर्याल होटलमा
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको सुदूरपश्चिम-काठमाण्डौं सम्पर्क समितिले अगुवा कार्यकर्ता भेला गरेको छ । आज दिउँसो शंखमूलस्थित अर्याल होटलमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला घर भई काठमाडौँमा रहेका कार्यकर्ताको भेला गरिएको हो ।
भेलालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नुभएको थियो ।
भेलामा नेकपा एसका स्थायी कमिटी सदस्य डा. बेदुराम भुसाल,प्रमेश हमाल, बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा,पूर्व वनमन्त्री तथा सुदूरपश्चिमका नेता प्रेम आले, सांसद निरादेवी जैरु,बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डे, कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला,युवासंघका अध्यक्ष नरेश शाही,अनेरास्ववियुका उपाध्यक्ष केशरी रेग्मी,सुदूरपश्चिम-काठमाडौँ सम्पर्क समितिका ईञ्चार्ज शेरबहादुर कुँवरलगायतको उपस्थिति थियो ।
भेलामा नेकपा एसको सुदूरपश्चिम प्रदेश कमिटीअन्तर्गत ९ वटा जिल्लाका नेता तथा कार्यकर्ताको उलेख्य सहभागिता रहेको थियो ।
टिप्पणीहरू