आज पनि थानकोटमा पहिरो, काठमाडौं आउजाउ गर्ने सवारी रोकिए
आज सबेरै गएको पहिरोका कारण थानकोट नाका भएर काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका छन् । बिहान पौने ६ बजेतिर थानकोट चिसापानी धारा नजिकै गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।
हिजो बिहान पनि सोही स्थान नजिकै गएको पहिरोले झण्डै ८ घण्टा सवारी अवरुद्ध भएको थियो । पहिरो हटाउने कार्य भइसकेको बताइएको छ ।
टिप्पणीहरू