कमरेड,भन्ने एक थोक,गर्ने अर्को थोक किन ?

कमरेड,भन्ने एक थोक,गर्ने अर्को थोक किन ?

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेला हालै सम्पन्न भएको छ । गत शनिवार काठमाडौंमा उद्घाटन गरिएको भेलाको बन्द सत्र चार दिनसम्म लम्बियो तर,नेतृत्व छनौटमा निकै सकस पर्यो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उक्त सकसको गाँठो फुस्किएको थियो ।

भेलाले मूल नेतृत्व र पदाधिकारी चयन गर्न नसके पनि २ सय ३ सदस्यीय केन्द्रीय समिति भने चयन गरेको छ । पदाधिकारी छनौट समितिकै बैठकले गर्ने भनिएको छ । वाइसिएल नेतृत्व छनौट गर्न नसकिएको विषयमा अहिले विभिन्न कोणबाट विश्लेषण र चर्चा गरिएको छ ।

मैले वाइसिएलका सबै कमरेडहरूलाई सोधेको थिएँ ‘पार्टीले छानेको नेतृत्व तपाईंहरूलाई मान्य हुन्छ कि हुँदैन ?’ तर अध्यक्ष पदका दुई प्रत्यासीले ‘पार्टी निर्णयलाई शीरोपर गर्ने’ कुरा अध्यक्ष प्रचण्डसमक्ष राखेपछि भोलिपल्टको पदाधिकारी बैठकले राष्ट्रिय भेला भदौ १२ र १३ लाई तय गरेको हो ।

सोही सन्दर्भमा वाइसिएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’सँग जनआस्थाले संक्षिप्त कुराकानी गरेको छ । उनका अनुभूतिको सम्पादित अंश :

अदालतले मातृ पार्टीलाई पुरानै अवस्थामा फर्काइदिँदा तोकिएको मेरो उमेर कटिसकेको थियो । त्यतिबेला निर्धारित उमेर १६ देखि ४० वर्षको थियो । मैले गत चैत्र ४ र ५ गते केन्द्रीय समिति र पदाधिकारी बैठक राखेँ । त्यहि बैठकले जेठ २८ का लागि राष्ट्रिय भेलाको मिति प्रस्ताव गरेपछि तलबाट भेला,सम्मेलन सम्पन्न गर्दै राष्ट्रिय भेलामा जाने निर्णय भएको हो ।

मेरो उमेर सकिएको कारण बैशाखमै संगठन छोड्ने योजनामा थिएँ । त्यो बीच स्थानीय तहमा ठूला र भव्य भेला तथा सम्मेलनहरू देशैभर सम्पन्न भएका थिए । तर कोरोना महामारीका कारण लकडाउन घोषणा भएपछि तोकिएको राष्ट्रिय भेला पदाधिकारी बैठकले नै अर्को निर्णय नभएसम्मको लागि स्थगित गरेको हो ।

मैले गरेको कमजोरी केही छ भने, ‘यत्ति हो,कुनै पनि कित्तामा उभिइनँ । नैतिकरूपमा कुनै पक्षमा उभिन पनि मिल्दैनथ्यो ।’

लकडाउन खुल्नासाथ वाइसियल नेपालका पदाधिकारीको भर्चुअल बैठक डाकियो । उक्त बैठकमा मेरो प्रस्ताव स्थानीय तहबाट सम्मेलन मार्फत जिल्ला,प्रदेशहरूबाट प्रतिनिधि निर्वाचित गर्दै कात्तिकमा रास्ट्रिय सम्मेलन गरौं र त्यहिँबाट नेतृत्व मनोनित होइन चुन्ने व्यवस्था गरौं भन्ने थियो । तर केही कमरेडले कात्तिकमा ढिलो हुने भएकाले भदौमै गरौं भन्नुभयो ।

उक्त बैठकमा भेला कि सम्मेलन ? भदौ कि कात्तिक ? भन्ने सम्बन्धमा सहमति नजुटेपछि हामी कार्यालयका काठमाडौंमा उपलब्ध चार जना पदाधिकारी (दुईजना बाहिर हुनुहुन्थ्यो) पार्टी अध्यक्षलाई भेट्न गयौं । छलफलका क्रममा अध्यक्ष प्रचण्डबाट भदौमा नै गर्नु उपयुक्त हुने सुझाव प्राप्त भएको हो ।

त्यहिक्रममा मैले प्रतिनिधि र नेतृत्व चयन कसरी गर्ने भनेर जिज्ञासा राखेको थिएँ । उक्त जिज्ञासाको सम्बन्धमा उहाँले जिल्लाको बैठकले प्रतिनिधि चयन गर्ने र नेतृत्वमा सहमति खोज्ने भन्नुभयो । त्यसबाट सम्भव भएन भने ‘पार्टीले छान्ने’ भन्ने धारणा पनि आयो ।

‘म यो प्रक्रियामा दोषी भए कारबाही गरियोस् !’ म पनि प्रष्ट हुन पाऊँ कि, ‘हामीले यसरी कस्तो संगठन बनाउँदैछौं ?, के सिकाईरहेका छौं ?, भन्ने एउटा गर्ने अर्को किन गर्छौं ? आफू भए ठीक अर्को भए बेठीक किन भनिरहेका छौं ?’

छलफलमा त्यस्तो कुरा आएपछि मैले वाइसिएलका सबै कमरेडहरूलाई सोधेको थिएँ ‘पार्टीले छानेको नेतृत्व तपाईंहरूलाई मान्य हुन्छ कि हुँदैन ?’ तर अध्यक्ष पदका दुई प्रत्यासीले ‘पार्टी निर्णयलाई शीरोपर गर्ने’ कुरा अध्यक्ष प्रचण्डसमक्ष राखेपछि भोलिपल्टको पदाधिकारी बैठकले राष्ट्रिय भेला भदौ १२ र १३ लाई तय गरेको हो ।

बैठकमा कोरोना महामारीको जोखिम रहेकाले निर्धारित भेला, त्यसको अन्योललगायत सबै पक्षवारे लामो छलफल गरियो । त्यही आधारमा काठमाडौंमा भेलाको उद्घाटन गर्ने तर सबै प्रदेश र जिल्लालाई भर्चुअल विधिबाट जोडेर कार्यक्रम आयोजना गर्ने भनिएको हो । भेला प्रविधिको प्रयोगसँगै भएको राजनीतिक,वैचारिक एवम् सांगठानिक छलफल र प्रशिक्षणका हिसाबले निकै शानदार र भव्यसमेत रहेको छ ।

संगठनको प्रश्नमा मैले निष्पक्ष भएर पार्टी नेतृत्व र सबै दाबेदार कमरेडहरुबीच पटक पटक सघन छलफल गराउन भूमिका खेलेको प्रष्ट छ । राम्रो या नराम्रो भनेर कसैको पक्षमा पनि उभिइनँ । मैले गरेको कमजोरी केही छ भने, ‘यत्ति हो,कुनै पनि कित्तामा उभिइनँ । नैतिकरूपमा कुनै पक्षमा उभिन पनि मिल्दैनथ्यो ।’

हामीले न सहमति जुटाउन सक्यौं, न पहिलेको समझदारीअनुसार पार्टी नेतृत्व र स्थायी समितिको निर्णयलाई नै मान्न तयार भयौं । आफू अनुकूलको निर्णय भए मान्ने नत्र नमान्ने अराजनीतिक र गैरजिम्मेवार कुरा गर्न हुँदैन र सुहाउँदैन । यसअघिका समझदारीबारे मैले पदाधिकारी बैठकमा स्पष्टसँग कुरा राखेको छु । त्यसको पार्टी अध्यक्ष प्रचण्डलगायत हामी चार जना साक्षी छौं । त्यसैले अहिले अनर्गल प्रचार गर्नुको कुनै अर्थ छैन ।

अब नेतृत्व छनौटको लागि चुनावमा जान न प्रतिनिधिहरु आफैँ चुनिएर आएका थिए न पार्टी स्थायी समिति वा पार्टीको अनुमति नै थियो । तर पनि हामीले केन्द्रीय समिति सर्वसम्मत तरिकाले चयन गरेका छौं । विधि र पद्धतिको हिसाबले पनि कार्यसमितिको पहिलो बैठकले पदाधिकारी र नेतृत्व चयन गर्ने हो ।

यसअघि महाधिवेशन र सम्मेलनमा तत्काल बन्दसत्रको हलले नेतृत्व चयन गर्थ्यो । यसपटक हाइटेकको प्रयोग गरेर भेलालाई आठ स्थानमा जोडिएको थियो । दुई दिनका लागि आयोजित भेला चार दिनभन्दा बढी लम्ब्याएर थप छलफल गर्न सक्ने अवस्थामा कोही पनि थिएनौं । त्यसैले फेरि पनि समितिको पहिलो बैठकबाटै संगठनले नेतृत्व चयन गर्ने छ, यसमा कुनै द्विविधा छैन ।

भेला र त्यसअघिका यी सबै सत्यलाई लुकाएर ममाथि चरित्र हत्या गर्ने र अनर्गल प्रचारको काम पनि भएका छन् । तर म यस्ता हर्कतबाट किञ्चित डगमगाएको छैन । म सँधै देखेको र भोगेको सत्य बोल्ने मान्छे हुँ । म कुनै पनि जातजाति,भूगोल,क्षेत्र र मेरा प्रिय सहयोध्दाहरूप्रति पूर्वाग्रही वा मिलिभगतमा कहिल्यै छैन ।

पार्टी र नेतृत्वलाई निवेदन गर्न चाहन्छु, ‘म यो प्रक्रियामा दोषी भए कारबाही गरियोस् !’ म पनि प्रष्ट हुन पाऊँ कि, ‘हामीले यसरी कस्तो संगठन बनाउँदैछौं ?, के सिकाईरहेका छौं ?, भन्ने एउटा गर्ने अर्को किन गर्छौं ? आफू भए ठीक अर्को भए बेठीक किन भनिरहेका छौं ?’

मिडियाबाजी र सामाजिक सन्जालका उत्तेजक टिप्पणीहरुले एकता र सम्बन्धहरु खल्बल्याउँछ, यसर्थ सबै कमरेडहरुलाई यो बन्द गर्न अपिल गर्दछु ।

म राष्ट्रिय भेलाका लागि तय भएको विधिभित्रै छु । हामीले तय गरेको विधि सहमतीय नभए पार्टी निर्णय मान्ने भन्ने हो । यो पात्र या ऊ पात्र भन्नेमा मेरो पक्षधरता या पूर्वाग्रह केही छैन । जो हुँदा र नेतृत्व गर्दा पनि केही फरक पर्दैन । अब विधि बदलौं भन्ने हो पनि सल्लाह र सहमतिमा बदलौं । हामीले एकमत भएरै संगठन चलाएका हौं । अब पनि एकमत हुन पर्छ । बहस र दावीहरुलाई अस्वभाविक रुपमा लिन हुँदैन ।

हामीले न सहमति जुटाउन सक्यौं, न पहिलेको समझदारीअनुसार पार्टी नेतृत्व र स्थायी समितिको निर्णयलाई नै मान्न तयार भयौं । आफू अनुकूलको निर्णय भए मान्ने नत्र नमान्ने अराजनीतिक र गैरजिम्मेवार कुरा गर्न हुँदैन र सुहाउँदैन । यसअघिका समझदारीबारे मैले पदाधिकारी बैठकमा स्पष्टसँग कुरा राखेको छु । भर्चुअल माध्यमबाट राखेको बैठक हुनाले त्यसको अडियो, भिडियो सुरक्षित छ । त्यसैले अहिले दीपशिखाले चाह्यो चाहेन भनेर अनर्गल प्रचार गर्नुको कुनै अर्थ छैन ।

(दीपशिखा वाइसिएलका निवर्तमान अध्यक्ष,नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसिएलका इन्चार्ज हुन्)

टिप्पणीहरू