एमसीसीविरोधी पर्चा छर्ने ३ जना याक एण्ड यति होटल नजिकैबाट पक्राउ

एमसीसीको चर्को बिरोध हुँदै गर्दा अमेरिकी प्रतिनिधिमण्डल बस्ने होटल मेरियट नागपोखरी र आउजाउ गर्ने थलो याक एण्ड यति होटल वरपर सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

त्यहि क्रममा भर्खरै एमसीसीको बिरोध गर्दै हिँडेका तीन जनालाई याक एण्ड यति होटल नजिकैबाट प्रहरीले पक्रेको छ । प्रदर्शनकारी नाराबाजी गर्दै दरबारमार्गबाट जय नेपाल हलतर्फ जाँदै गरेका थिए ।

प्रहरी र सुरक्षाकर्मी प्रदर्शनकारीतर्फ केन्द्रित हुँदा याक एण्ड यति होटल परिसरमा रहेका एमसीसी बिरोधीहरुले गो ब्याक एमसीसी लेखिएको पर्चा छरेका थिए ।

उनीहरुले पर्चा छर्नेबित्तिक्कै प्रहरीले पक्रेको प्रत्यक्षदर्शीले बताएका छन् । दरबारमार्ग प्रहरीले पक्रेर उनीहरुलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डप लगेको छ ।

टिप्पणीहरू