राजदूत शर्मिलाले गरिन् ‘बाइबलमा पिएचडी’

राजदूत शर्मिलाले गरिन् ‘बाइबलमा पिएचडी’

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बाइबलमा पिएचडी गरेकी छन् । उनले चार वेद र बाइबलमा महिलाको भूमिका विषयमा विद्यावारिधि गरेको बताइएको छ ।

सामाजिक सञ्जालमा ढकाललाई बधाई दिनेहरुले उनको उक्त विशेषज्ञताले हाम्रो समाज र राष्ट्रका साथै संसारको लागि उनी गौरव र प्रेरणा बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

मुलुकमा पछिल्ला दिन ठूला ओहोदामा जाने वा जान खोज्ने तर शैक्षिक प्रमाणपत्रहरुको लागि सजिलो राजनीति र धार्मिक विषयमा शोध वा विद्यावारिधि गर्ने चलन बढ्दो छ ।

यसअघिको सरकारले आफ्ना मान्छेलाई राजदूतमा नियुक्त गर्न सजिलो होस् भन्दै राजदूतको निम्ति शैक्षिक योग्यता नै घटाइदिएको थियो । निम्नमाध्यमिक विद्यालयकी एक जना शिक्षिकालाई समेत नातेदार भएकै नाताले डेनमार्कको राजदूतमा सिफारिस गरिएको थियो ।

टिप्पणीहरू