मन्त्रालय तानिएका सिडियोलाई भेट्न पुगे ज्ञानेन्द्र शाही

मन्त्रालय तानिएका सिडियोलाई भेट्न पुगे ज्ञानेन्द्र शाही

हिजोदेखि गृहमन्त्रालयमा तानिएका ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई भेट्न सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही आज कार्यालय खुल्ने बितिक्कै सिडियो कार्यालय पुगेका छन् ।

आफू मन्त्रालय तानिएपछि भेटघाट गर्न आएका अरुझैँ शाही पनि आएको हुनसक्ने निरौलाले जानकारी दिनुभएको छ । जनआस्थासँग कुरा गर्दै सिडिओ निरौलाले भन्नुभयो, ‘मन्त्रालय तानिएपछि भेटघाट गर्नेको लर्को लागेको छ ।’

आफूले शाहीसँग औपचारिक भेटघाट नगरेको उहाँको दाबी छ । ‘शाही मेरो अफिसमा आएपछि सामान्य कुराकानी मात्र भएको हो,’ निरौलाले भन्नुभयो ।

टिप्पणीहरू