एकीकृत समाजवादी अब मीनभवनमा

एकीकृत समाजवादी अब मीनभवनमा

हालै गठित नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कार्यालय स्थापना गरेको छ ।

मीनभवनमा खुलेको कार्यालयको उद्घाटन भोलि (शुक्रबार) बिहान १० बजे हुने केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधारले बताउनुभयो । कार्यालयको उद्घाटन सो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुहुने बताइएको छ ।

नेकपा एमालेबाट बिद्रोह गरेर गत भदै २ गते गठन भएको एकीकृत समाजवादीले यसअघि नै कार्यालय व्यवस्थापन गरेकोमा भोलि औपचारिक उद्घाटन गर्न लागिएको हो ।

एकीकृत समाजवादीले यसअघि नै संसदीय दलको कार्यालय सन्चालनमा ल्याइसकेको छ। सिंहदरबारस्थित संसद सचिवालय भवनको दोस्रो तलामा समाजवादी संसदीय दलको कार्यालय रहेको छ ।

टिप्पणीहरू